समाज

मनोज पाण्डेविरुद्ध अर्की युवती पनि पुगिन् प्रहरीमा

सौन्दर्य प्रतियोगिताको नाममा बलात्कार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेका कन्सल्टेन्सी सञ्चालक मनोज पाण्डेविरुद्ध अर्की युवती पनि प्रहरी सम्पर्कमा पुगेकी छन्। पाण्डेले आफूमाथि यौन दुर्व्यवहार गरेको भन्दै युवती काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पुगेकी हुन्।

शनिबार स्वयम्भुबाट पाण्डेलाई प्रहरीले पक्राउ गरेको थियो। बुधबार पाण्डे सञ्चालक रहेको कम्पनीले आयोजना गरेको सौन्दर्य प्रतियोगिताकी एक प्रतिष्पर्धीले आफूमाथि ८ वर्षअघि जबरजस्ती करणी भएको खुलासा गर्दै २० वटा भिडियो बयान सार्वजनिक गरेकी थिइन्।

प्रकाशित: ८ जेष्ठ २०७९ १२:१६ आइतबार