समाज

चट्याङको झट्काले महिलाको निधन

उदयपुरमा आइतबार विहान परेको चट्याङको झट्काले एक महिलाको ज्यान गएको छ। विहान ८ः०० बजेतिर हावाहुरीसँगै वर्षा हुँदा परेको चट्याङ लागेर जिल्लाको कटारी नगरपालिका ११ गोठडाँडाकी ४५ वर्षीया भक्तकुमारी बुढाथोकीको ज्यान गएको हो।

घरमै बसिरहेका बेला परेको चट्याङको झट्काले छुँदा बुढाथोकी गम्भीर घाइते भएकी थिइन्। तत्काल उद्धार गरी उपचारार्थ कटारी अस्पताल लगिएकोमा उपचारकै क्रममा विहान ९ः१५ बजे निधन भएको बताइएको छ।

मृतकको शव अस्पतालमै रहेको इलाका प्रहरी कार्यालय कटारीलाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालयका निमित्त सूचना अधिकारी इन्स्पेक्टर मोहन थापाले बताएका छन्।

प्रकाशित: ८ जेष्ठ २०७९ ०९:३० आइतबार