समाज

नेपालगन्जमा अघोषित लोडसेडिङविरुद्ध दवाव

नेपालगन्जमा बढ्दो अघोषित लोडसेडिङविरुद्ध दवाव दिइएको छ। विकासका लागि नागरिक सरोकार समितिको अगुवाईमा शुक्रबार नेपाल बिद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रको मुलगेटमा धर्नासहित दवाव दिइएको हो।

सो क्रममा समितिका संयोजक कृष्णप्रसाद श्रेष्ठले नेपालगन्ज जस्तो गर्मी हुने ठाउँमा अघोषित लोडसेडिङ हुँदा यहाँका सर्बसाधारणले निकै सास्ती खेप्नु परेको बताए। बिद्युत प्राधिकरणले जनतालाई कुनै जानकारी नै नदिएर बिद्युत काट्दा आफुहरु बाध्य भएर आन्दोलित हुनु परेको उनको भनाई छ। सो क्रममा बोल्ने अन्य बक्ताले पनि अघोषित लोडसेडिङ तत्काल बन्द गर्नुपर्ने माग गरेका थिए।  

सो क्रममा नागरिक समाजका तर्फबाट नेपालगन्ज उद्योग वाणिज्य संघका प्रतिनिधी, लायन्स तथा लियो क्लबका प्रतिनिधी, गैर सरकारी संस्था महासंघ, होटल ब्यवसायी, अधिकारकर्मी, वकिल, पत्रकार, सर्बसाधारण लगायतको ठुलो संख्यामा उपस्थिती रहेको थियो। नेपालगन्जमा बिहीबार बेलुका बसेको सरोकारवालासहितको बैठकले लोडसेडिङ विरुद्ध दवाव दिने निर्णय गरेको थियो। 

प्रकाशित: ६ जेष्ठ २०७९ ११:५५ शुक्रबार