समाज

रोल्पा कारागारमा कैदीले गरे आत्महत्या

रोल्पा कारागार।

रोल्पास्थित जिल्ला कारागारमा एक कैदीले आत्महत्या गरेका छन्। बुधबार साँझ कारागारमा नेपाली सेना र नेपाल प्रहरीको दैनिक गरिने संयुक्त चेकजाँच तथा गन्तीको क्रममा एक जना कैदीको गन्ती कम भए पछि सुरक्षा निकाय सकृय भएको थियो।

खोजतलास गर्दा कारागार भित्रको शौचालयको ढोका बन्द रहेको अवस्थामा उक्त ढोका खोली हेर्दा सुर्खेत वराहताल गाउँपालिका १ घोडाआँखेका २७  वर्षीय विजय बिक्रम शाह शौचालयमा आफ्नै गलबन्दीको पासो लगाई झुण्डीएर आत्म हत्या गरेको अवस्थामा फेला परेका थिए।

रोल्पा प्रमुख प्रहरी नायव उपरीक्षक विनोद घिमिरेको कमाण्डमा ५ जना र बटुक दल गण लिवाङ व्यारेकबाट नेपाली सेनाका प्रमुख सेनानी मणिराम थापा सहितको टोली खटि गई घटनाको बारेमा बुझेर कानुनी प्रकृया पुरा गरि लाश पोष्ट मार्तमको जिल्ला अस्पताल रेउघा रोल्पा पठाईएको छ।

प्रहरीका अनुसार अनुसन्धान कार्य भईरहेको छ। अपराधिक लाभ केसमा थुनामा रहेका उनी २०७७/०८/०८ मा नेपालगञ्ज कारागारबाट सरुवा भएर रोल्पा ल्याईएका थिए। जेलर बिशाल खनालका अनुसार जरिवाना बुझाएको खण्डमा उनी २०७९ फाल्गुनमा २३ गते छुट्ने थिए। 

प्रकाशित: ५ जेष्ठ २०७९ १०:०२ बिहीबार