रोल्पा नगरपालिका २ मा कांग्रेस र माओवादी उमेद्वारको बराबर मत आएपछि गोला प्रथा गरिएको छ। गोला प्रथाबाट माओवादीका प्रकाश डाँगी निर्वाचित भएका हुन्।
कांग्रेसका देउचन थापा र माओवादीका प्रकाश डाँगीको ५ सय ४३ मत आएको हो। गोला प्रथाबाट निर्वाचित भएका डागीका समर्थकले विजय जुलुस समेत निकालेका छन्।
प्रकाशित: ३१ वैशाख २०७९ १३:१९ शनिबार