समाज

पानी परेपछि प्लाष्ट्रिकको थैलोमा मत पेटिका

 जिल्लाभर ४५ प्रतिशत बढी मत खसिसकेको छ, अहिले पानी परेर केही स्थानमा समस्या भएको छ,  पानी परेपछी मतपेटिका सुरक्षित स्थानमा सार्ने काम हुदै छ। 

जिल्लाको सुनकोसी गाँउपालिका ७ नम्बरमा रहेको गणेश मावि मतदान स्थलमा पानी परेपछि केही बेर मतदान प्रक्रिया समेत रोकिएको थियो। यस्तै दुधौली नगरपालिका र तीनपाटन गाँउपालिकाका केही मतदान केन्द्रमा पानी परेपछि केही बेर मतदान प्रक्रिया समेत स्थगित गरिएको स्थानीय बताएका छन्। 

जिल्ला निर्वाचन अधिकारी पुष्पाकुमारी झाले मतपेटिका सुरक्षित स्थानमा सार्ने काम भएको र त्यसलाई स्थगितनै भन्न नमिल्ने र केहि समय अवरुद्ध भएको बताए। कमलामाई नगरपालिका १० स्थित प्रावि गौरङटोल चौतारोमा हावाहुरीसंगै वर्षाभएपछि मतपेटिका सुरक्षित गर्नका लागि प्लाष्टिकको थैलोमा राखिएको मतदान अधिकृत दुर्गा घिमिरेले जानकारी दिए। 

'पानीले अवरुद्ध गरेपछि सुरक्षित गरेका हौं', उनले भने, 'पानी रोकिएपछि पुन खोलेर हामी मतदान प्रक्रिया सुचारु गर्छौ।' उक्त मतदान केन्द्रबाट १ सय ८ वर्षीया कुमारी सुनुवार्नीले समेत मतदान गरेको मतदान दुर्गा घिमिरेले जानकारी दिए।  

जिल्लाभर हालसम्म शान्तिपुर्ण तरिकाले मतदान भइरहेको छ। जिल्लाभर दुई सय अठसठ्ठी ओटा मतदान केन्द्र रहेको छ। दुई नगरपालिका र सात गाँउपालिका रहेको सिन्धुली जिल्लामा दुइ लाख ६ हजार तीन सय ३६ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ।

प्रकाशित: ३० वैशाख २०७९ ०९:३१ शुक्रबार