समाज

दार्चुलामा मतदान गरेर फर्किएका वृद्धको मृत्यु

दार्चुलामा मतदान गरेर फर्किएका एक वृद्धको मृत्यु भएको छ। महाकाली नगरपालिका–४ का ७८ वर्षीय पदमसिंह बुढाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ।

बुढाथोकीले सदरमुकाम खलंगास्थित महाकाली नगरपालिका–४ को महेन्द्र नमूना मतदान केन्द्रमा मतदान गरेका थिए। भोट हालेर घर फर्कँदा उनको मृत्यु भएको हो।

प्रकाशित: ३० वैशाख २०७९ ०७:५१ शुक्रबार