समाज

टीकापुरमा १०६ वर्षीयाले गरिन् मतदान

टीकापुर स्थित बिरेन्द्र विद्यामन्दिर मतदान केन्द्रमा १०६ वर्षीया बिन्द्रा कार्कीले मतदान गरेकी छन्। उनी टीकापुर नगरपालिकाको सबैभन्दा जेष्ठ नागरिक हुन्।  

टीकापुर नगरपालिका–१ ब्लक 'ए' की कार्कीलाई छोरा प्रेम कार्कीले मतदानमा सहयोग गरेका हुन्। उनलाई छोराले स्कुटीमा राखेर मतदान स्थलसम्म पुर्याएका थिए।  

उनी वि।सं। १९७३ फागुन ५ गते अछामको तत्कालिन मेलरुख गाउँ पञ्चायत मुजामा जन्मिएकी हुन। उनको परिवार हाल टीकापुर नगरपालिका–१ ब्लक 'ए' मा बस्दै आएको छ।  

उनले आफ्नो जीवनमा दर्जन भन्दा बढी पटक मतदान गरेकी छन्। यसअघिको स्थानीय तह निर्वाचनमा समेत उनले मतदान गरेकी थिईन्। यसअघि टीकापुर नगरपालिकाको उपमेयर रहेकी केशरी रावल बिष्ट उनकी छोरी तर्फकी नातिनी हुन्।

प्रकाशित: ३० वैशाख २०७९ ०६:१० शुक्रबार