समाज

ताप्लेजुङमा सुरक्षा व्यवस्था कडाः राति ८ बजेदेखि अनुमति बिना हिँडडुल गर्न रोक

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले अत्यावश्यक काम बाहेक बिहीबार बेलुकी ८ः०० बजे देखि शुक्रवार बिहान ४ः०० बजे सम्म अनावश्यक हिड्डुल गर्न रोक लगाएको छ।

बिहीबार प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले सूचना जारी गर्दै निर्वाचन सुरक्षालाई ध्यानमा राखी जिल्लाभित्रका सम्पूर्ण क्षेत्रमा यो नियम लागु गरिएको जनाएका छन्। सूचनामा अत्याआवश्यक कामको लागि बाहिर निस्कनु परेमा सुरक्षा निकायलाई पूर्व जानकारी गराई अनुमति लिएर मात्र निस्कन सकिने उल्लेख गरिएको छ। 

८ बजेपछि घर बाहिर निस्कनेहरुलाई सुरक्षा निकायबाट कडाइका साथ सुरक्षा जाँच गरिने पोखरेलद्वारा हस्ताक्षरित सूचनामा भनिएको छ।

प्रकाशित: २९ वैशाख २०७९ १४:०९ बिहीबार

जिल्ला प्रशासन कार्यालय ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेल