समाज

बुटवलको मिलनचोकमा प्रेसर कुकर बम विष्फोट

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा बुटवको मिलनचोकमा बम विष्फोट भएको छ। बुधबार साँझ साढे ८ बजेतिर बम विष्फोट भएको हो।

इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकमा रहेको सनराइज बैंकको अगाडि प्रेसर कुकर बम विष्फोट भएको हो विष्फोटको जिम्मा अहिलेसम्म कसैले लिएको छैन। यद्यपि घटनास्थलमा नेकपा माओवादी नामको पर्चा भेटिएको छ भने त्यसमा स्थानीय निर्वाचन बहिस्कार गरौं भनेर लेखिएको छ।

बम विष्फोट भएको थाहा पाएपछि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली घनास्थल पुगेको थियो।

प्रकाशित: २९ वैशाख २०७९ ०२:०० बिहीबार

स्थानीय तह निर्वाचन बम विष्फोट