समाज

कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक भारतीय नागरिकको मृत्यु

विश्वको तेस्रो अग्लो शिखर कञ्चनजंघा आरोहण गर्ने क्रममा एक भारतीय नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा ५२ बर्षिय नारायणन् इलाएर रहेका छन्।

८ हजार ५ सय ८६ मिटर अग्लो कञ्चनजंघा हिमालको करिव ८ हजार २ समय मिटर उचाइमा पुग्दा उनको मृत्यु भएको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रमुख(डिएसपी) कैलाश राईले बताए।

उनी पायोनियर एड्भान्ञ्चर प्रालिबाट हिमाल आरोहणमा गएका थिए। पायोनियर एड्भान्ञ्चर प्रालिका कार्यकारी निर्देशक निमेष कार्कीले शवको उद्धारका लागि टोली परिचालित भइसकेको जानकारी दिए।

प्रकाशित: २६ वैशाख २०७९ ०५:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App