'पूर्वको खप्तड' भनेर चिनिने चमैताका बस्नेतहरूले कसैको मृत्युपछि परिवारलाई मलमपट्टी लगाइदिन नौलो अभ्यास थालेका हुन्। पारिवारिक सहयोग र सद्भावनिम्ति स्थापित 'खप्तडी बस्नेत सेवा समाज' मा आबद्ध बस्नेत परिवारका कुनै सदस्यको मृत्यु हु"दा शव उठाउनुअघि 'अन्त्येष्टि खर्चबापत' ५ हजार रुपैया" दिइन्छ। यसले शोकाकुल परिवारलाई ठूलो टेवा दिन्छ।
'कसैको मृत्यु हु"दा घरका बा"की सदस्य मर्माहत हुन्छन्, भन्नेबित्तिकै पैसाको बन्दोबस्त गर्न सक्दैनन्,' समाजका पूर्वसचिव लालबहादुर बस्नेतले नागरिकलाई भने, 'उनीहरूले कमसेकम सजिलै मृतकको अन्त्येष्टि गर्न सकून् भनेर शव उठाउनुअघि ५ हजार रुपैयाँ सहयोग दिने थिति बसालेका हौं।' ०६८ देखि सुरु भएको यो अभ्यासअन्तर्गत २२ जनाको मृत्युमा पैसा दिइसकिएको उनले बताए।
लेकालीगाउ", चमैतामा खप्तडी बस्नेतहरू १ सय ५४ घरमा बस्छन्। धेरैजसो खेतीपाती र पशुपालनमा आबद्ध छन्। हिन्दु धर्म मान्दै हिन्दु संस्कार पछ्याउ"दै आएका उनीहरूले पारिवारिक सहयोग र सद्भावनिम्ति 'खप्तडी बस्नेत सेवा समाज' स्थापना गरेका हुन्।
सुरुमा २ हजार ५ सयबाट थालेर अहिले मृतक परिवारलाई सित्तैमा ५ हजार दिन थालेको हो।
समाजको नियमअनुसार न्वारान गर्नुअघि कसैको मृत्यु भए हजार रुपैयाँ र व्रतबन्धअघि मृत्यु भए २ हजार रुपैया" मात्र दिइन्छ।
'कलिलैमा मृत्यु हुनेको अन्त्येष्टि संस्कार खर्चिलो हु"दैन, त्यसैले थोरै दिएका हौं,' वयष्कको मृत्युमा मात्र ५ हजार दिइने उल्लेख गर्दै बस्नेतले भने, 'घरदेखि घाटसम्म शव पुर्यािउन र अन्त्येष्टि गर्न लाग्ने खर्च यसले धान्दै आएको छ।'
शव अन्त्येष्टि क्रममा घाटसम्म पुग्ने मलामीलाई चमैतामा खाजा खुवाउनुपर्दैन। खप्तडी बस्नेतकै पुर्खाले 'मलामी जानेका घर–घरबाट खाजा लाने' चलन छ।
'खाजा किन्न नपरेपछि कात्रो र केही कुरा किन्न ५ हजार पर्याप्त हुन्छ,' धेरैको मृत्युमा यो अभ्यासले सघाएको उल्लेख गर्दै बस्नेतले भने, 'यसले कतिपयलाई किरिया खर्चमा समेत सघाउ"छ।'
मृतकको घर–घर पुर्या इने ५ हजार समाजले अन्तैबाट ल्याएर या कसैस"ग मागेर दिएको होइन। समाजमा आबद्ध उनै १ सय ५४ घरले मासिक रूपमा बचत गरेको ५० रुपैया"को अक्षयकोषबाट उपलब्ध हो। ०६८ मा सामूहिक पूजा (देवाली) गर्ने क्रममा 'पारिवारिक सद्भावमा केही नया" जुक्ति निकालौं' भन्दाभन्दै मृत्यु भएका परिवारलाई यस्तो सहयोग गर्ने सहमति भएको र २२ परिवारलाई रकम उपलब्ध गराइसकिएको समाज अध्यक्ष बमबहादुर बस्नेतले बताए।
कोषमा अहिले २ लाख रुपैयाँजति छ।
'आर्थिक अवस्था राम्रै भएका परिवारलाई पनि परिवारका सदस्यको मृत्यु आर्थिक रूपमा बोझिलो हुन्छ,' औषधोपचारले ऋणमा डुबेका तर बिरामी बचाउन नसकेका परिवारलाई सम्झ"दै उनले भने, 'त्यस्तालाई फिर्ता गर्न नपर्ने गरी यत्तिको रकम दि"दा हलुको हुन्छ।'
चमैताका खप्तडी बस्नेतको अन्यत्र मृत्यु भए पनि यो सुविधा उपलब्ध छ। विभिन्न पेसा–व्यवसायका सिलसिलामा समाजका सदस्य चारैतिर फैलनुको फाइदा हो यो। समाजको निर्देशनमा कोही न कोही पुगेर शव उठाउनुअघि रकम दिइहाल्छन्।
स्थानीय डम्बरदेवी उच्च माविका पूर्वप्रधानाध्यापक ईश्वराज बस्नेतको उपचार क्रममा राजधानीमा मृत्यु हु"दा उतै बस्ने समाजका सदस्यले ५ हजार डेरामै पुर्यापएको स्मरण गर्दै उनले सहयोगको यस क्रम जारी रहने बताए। समाजले चमैताका दुई सामुदायिक माध्यमिक विद्यालय डम्बरदेवी र फलाटेबाट एसएलसी परीक्षामा सर्वोत्कृष्ट हुने एक छात्र र एक छात्रालाई पुरस्कार र प्रमाणपत्रसहित सम्मान गर्दै आएको छ। मन्दिर, मलामी टहरो, घाट र सार्वजनिक महत्वका निर्माणमा पनि सघाइरहेको छ।
'चमैतामा अरू समुदायका मानिसको मृत्यु हु"दा खप्तडी बस्नेत सेवा समाजका तर्फबाट समवेदनापत्र घरमै पुर्याकइन्छ,' समाजका अगुवा राजकुमार बस्नेतले भने, 'शव उठाउनुअघि दिइने ५ हजार रुपैया"चाहि" बस्नेत परिवारलाई मात्रै हो।'
समाजले हरेक चार–चार वर्षमा चमैतामै देवाली पूजा गर्दै आएको छ। देवाली गरेकै ठाउ"मा भर्खरै मन्दिर निर्माण गरेको छ भने यसअघि बस्नेत समुदायकै अगुवाइमा स्थानीय डम्बरदेवी उच्च मावि परिसरमा पनि सरस्वती मन्दिर स्थापना भइसकेको छ।
प्रकाशित: २१ श्रावण २०७२ १९:४७ बिहीबार