समाज

घरदैलौमा मिठाई खाँदा उम्मेदवार बिरामी

सर्लाहीमा घरदैलोको क्रममा मिठाइ खाँदा तीन जना उम्मेदवार बिरामी परेका छन्। स्थानीय हरिवन नगरपालिका ११ का वडा अध्यक्षय र दुई सदस्य घर दैलोको क्रममा मिठाइ खाँदा बिरामी परेका हुन्।  

नेकपा माओवादी केन्द्रकोतर्फबाट वडा अध्यक्षका उम्मेदवार शेख इस्तिहार तथा वडा सदस्यका उम्मेदवारद्वय उमा साह र पुर्णिमा कार्की बिरामी परेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

आइतबार दिउँसो घर दैलोको क्रममा मतदाताको घरमा मिठाइ खाएपछि तिनै जनाको स्थिति बिग्रीन थालेपछि नजिकैको स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको थियो। स्थिती बिग्रीएर बेहोस भएपछि वडा अध्यक्षका उम्मेदवार इस्तिहाकलाइ बिरगंज पठाइएको छ। अन्य बिरामी भएका वडासदस्यका उमेदवारलाई पनि  थप उपचारको लागि बिरगंज पठाइएको प्रहरीले जनाएको छ।

मिठाइ खुवाउनेको खोजी हुनुका साथै घटनाको विषयमा अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रमुख एसपी प्रबिण पोखरेलले बताएका छन्।

प्रकाशित: २५ वैशाख २०७९ १०:२२ आइतबार