समाज

'चुनावको दिन पानी पर्नसक्छ, सतर्कता अपनाऔँ'

जलवायुविद्हरुले स्थानीय तहको निर्वाचनका दिन मुलुकभर वर्षा हुने प्रक्षेपण गर्दै आवश्यक पुर्व तयारी गर्न सम्बन्धित सबैलाई सचेत गराएका छन्। 

बगांलको खाडी मा वैशाख २३ गतेदेखि उत्पन्न न्यून चापिय अवस्था आईतबारको दिन समुन्द्री आँधीकोरुपमा विकसित हुँदै गएको र त्यसको असर नेपालमा पनि पर्ने भएकाले आवश्यक पूर्वतयारी गर्न विज्ञहरुले सुझाएका हुन्।

जलवायुविद् डाक्टर धर्मराज उप्रेतीले आसानी नाम दिईएको यस आँधी निकै तीव्र गतिमा चलेको बताए। सो आँधीको असर भारत को उडिसालगाएत तटिय क्षेत्रमा बढीदेखिने र नेपालमा भने वैशाख  २८ गतेदेखि प्रभाव देखिने उनले बताए।  वैशाख  ३० गते स्थानीय तहको निर्वाचनका दिन वर्षा हुने पूर्वअनुमान गरिएकै समयमा बंगालको खाडीमा विकसित भएको न्यून चापिय अवस्थाका कारण विशेष गरेर पूर्वी नेपालमा वर्षा गराउने उनले बताए।

जलवायुविद् डा.उप्रेतीले निर्वाचनको दिनमा पानी पर्ने सम्भावनालाई मध्येनजर गर्दै मतपत्र, मतपेटिका लगायतको सुरक्षामा ध्यान दिन सुझाव दिएका छन्।

प्रकाशित: २५ वैशाख २०७९ १०:०४ आइतबार