समाज

नक्कली चिकित्सक पक्राउ

इटहरीबाट एक जना नक्कली चिकित्सक पक्राउ परेका छन्। इटहरी वडा न.४ स्थित शिशिर टोलका ताराकुमार खनालको घरमा डेरा कोठा लिएर सार्थक उपचार क्लिनिक सञ्चालन गर्दै आएका भारतका सुजित राय पक्राउ परेका हुन्। 

उनले झन्डै २ महिनादेखि विना ईजाजत पाईल्स फिसर फिस्टुला सम्वन्धी सार्थक उपचार क्लिनिक सञ्चालन गरी विरामीको उपचार गर्दै औषधी समेत विक्री गर्दै आएको खुलेपछि पक्राउ परेका हुन्।  

प्रहरीले औषधी व्यवस्था विभाग कार्यालय विराटनगरलाई सूचना दिएर मेडिकल अधिकृत अगुवाईमा खटिएको टोलीले अनुन्धान गर्दा दर्ता नरहेको र आधिकारिक चिकित्सक नभएको खुलेपछि पक्राउ परेका हुन्। प्रहरीले उनलाई मुद्दा चलाएर छानबीन थालेको छ।

प्रकाशित: २० वैशाख २०७९ १२:१९ मंगलबार