समाज

गाडीको ठक्करबाट प्रहरीका वरिष्ठ हवल्दारको मृत्यु

धनुषाकाे ईलाका प्रहरी कार्यलयमा कार्यरत वरिष्ठ प्रहरी हवलदारको गाडीको ठक्करबाट मृत्यु भएको छ।

गएराति ११ः ३० बजे गाडीको ठक्करबाट गम्भीर घाइते भएका वरिष्ठ प्रहरी हवलदार भोजराज पराजुलीको उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी ढल्केवरले जनाइएको छ।

प्रहरीका अनुसार गाडीको ठक्करबाट गम्भीर घाइते भएका हवलदारको उपचारको लागि लालगढको मोडेल अस्पतालमा पुर्‍याएको थियो। ड्युटीमा खटिएका हवलदार ड्युटीको समय पूरा गरी कार्यलयतर्फ पैदल जादै गरेको हवलदारलाई ईलाका प्रहरी कार्यलय ढल्केवर अगाडि नम्बर नखुलेको बसको ठक्कर दिएको थियो।

ओखलढुंगाको चिंशखुगढी गाउँपालिका–५  घर भएका वरिष्ठ हवल्दार पराजुली तीन महिनाअघि ईलाका प्रहरी कार्यालय ढल्केवरमा सरुवा भएर आएका थिए। मृतकको पोस्मार्टमका लागि जनकपुरधामस्थित प्रादेशिक अस्पताल जनकपुरमा राखिएको ईलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।यता ठक्कर दिने गाडीको खोजीकार्य तिब्र पारिएको ढल्केवर प्रहरीले जनाइएको छ।

प्रकाशित: २० वैशाख २०७९ ०६:२४ मंगलबार

मृत्यु