समाज

सर्लाहीमा आमाको मृत्यु, छोरा घाइते

सर्लाहीमा एउटा टैंकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जना महिलाको मृत्यु भएको छ भने एक जना युवक घाइते भएका छन्। दुर्घटनामा मृत्यु र घाइते हुने आमा–छोरा रहेका छन्।

पूर्वपश्चिम राजमार्गको सर्लाही बागमतीस्थित ट्राफिक बिट अगाडि भएको दुर्घटनामा सप्तरीको राजविराज नगरपालिका १ की ६० वर्षीया प्रमिला देवी यादवको मृत्यु भएको घेल मृतक यादवका २५ वर्षीय छोरा विजय यादव घाइते भएका छन्। ठक्करले गम्भीर घाइते यादवलाई उपचारका लागि वीरगञ्जतर्फ लैजाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख. ८३२५ नम्बरको तेल बोक्ने ट्याङकरले सोही दिशातर्फ गइरहेको प्रदेश २–०१–००३ प.५७६४ नम्बरको मोटरसाइकलाई ठक्कर दिएको प्रहरीको भनाइ छ। दुर्घटनामा संलग्न ट्याङकर र त्यसका चालक प्रहरी नियन्त्रणमा छन्। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रकाशित: १४ वैशाख २०७९ १४:०२ बुधबार

सर्लाही पूर्वपश्चिम राजमार्ग