समाज

महिला कृषकका लागि तरकारी खेती तालिम

तस्बिर: तालिम गर्दै महिला कृषक

पश्चिम रुकुममा ’मौसमी तथा बेमौसमी तरकारी खेती‘ सम्बन्धी दुई दिने तालिम सम्पन्न गरिएको छ। बाफिकोट गाउँपालिका, २ पिपलमा स्थानीय महिला कृषकहरुका लागि उक्त तालिम संचालन गरिएको हो। कम्तीमा महिलाको भान्सामा अर्गानिक तरकारी पुग्न सकोस् भन्ने उदेश्यले संचालित तालिमबाट महिलाहरुले जिबिकोपार्जन समेत गर्न सक्ने आयोजकले बताएको छ।  

विभिन्न महिला समूहका ३० जना महिला कृषकहरुलाई लक्षित गर्दै संचालन गरिएको तालिमको सहजिकरण गाउँपालिका कृषि शाखाका प्रमुख लोकेन्द्र वलीले गरेका थिए। स्थानीय तहसंगको सहकार्यमा महिला पुर्नस्थापना केन्द्र ओरेक रुकुमले तालिमको आयोजना गरेको हो।

ओरेक रुकुमका जिल्ला संयोजक दिपा धितालका अनुसार मौसमी तथा बेमौसमी तरकारी खेती सम्बन्धी दुई दिने तालिम आइतबार र सोमबार त्रिबेणी ३ सिमुतोमा संचालन हुने छ। स्थानीय तहसंगको सहकार्यमा संचालन हुने तालिममा ३५ जना महिला कृषक सहभागी हुनेछन्। 

प्रकाशित: १२ वैशाख २०७९ ०५:०३ सोमबार