समाज

लार्केपास गर्न गएका विदेशी पर्यटकको उत्तरी गोरखामा मृत्यु

लार्केपास गर्न उत्तरी गोरखा पुगेका एक पर्यटकको मृत्यु भएको छ। चुमनुब्री गाउँपालिका १ धर्मशाला स्थित लार्के होटलमा बास बसेका ६४ वर्षीय कोरियन नागरिक डोङकि जोङको मृत्यु भएको प्रहरीले जनाएको छ।

होटलमा बास बसेका उनी मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी लिलाराज लामिछानेले बताए। शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल काठमाडौँ लगिएको उनले बताए। उनी सलोम र्‍याफ्टिङ ट्रेकिङ काठमाडौँ मार्फत लार्के पासका लागि मनास्लु पदमार्ग हुँदै त्यहाँ पुगेका थिए।

प्रकाशित: १० वैशाख २०७९ ११:२६ शनिबार