समाज

मनाङमा परम्परागत घोडा दौड

घोडा दौडमा प्रथम भएका सोनाम। तस्बिरः धन/नागरिक

मनाङमा पहिलो पटक परम्परागत खेल घोडा दौड आयोजना गरिएको छ। गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयको आयोजनामा पहिलो पटक आयोजित घोडा दौडमा सोनाम गुरुङ प्रथम भएका छन्। झण्डै तीन किलोमिटर दौडमा ५ जना प्रतिस्पर्धीले सहभागिता जनाएको थिए।  

दोस्रो स्थानमा कर्मटासी गुरुङ, तेस्रो स्थानमा कर्माक्षेत्र गुरुङ आउँदा कुमार गुरुङ चौथो स्थानमा रहे। घोडा दौड विजेताले नगद ७५ हजार पाउँदा दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार रुपैयाँ प्राप्त गरे।  गण्डकी प्रदेश युवा तथा खेलकुद मन्त्रालयले हिमाली जिल्लाको साँस्कृति एवं पराम्परागत खेलको संरक्षण र जगेर्ना गर्ने उद्देश्यसहित वार्षिक कार्यक्रम बनाउँदै पहिलो पटक आयोजना गरिएको थियो। 

प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री राजीव गुरुङले उदघाटन गर्दै मौलिक सँस्कृति समेत जगेर्ना गर्दै परम्परागत खेललाई सँस्कृतिसँग जोड्दै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे। प्रतियोगिताको संयोजक एवं गण्डकी प्रदेश खेलकुद परिषदका सदस्य योगेन्द्र शेरचनले प्रदेशमा खेलिने पम्परागत खेललाई संंरक्षण गर्नुपर्नेमा जोड दिदैं सँस्कृतिलाई जगेर्ना गर्नु सबैले सहयोगी भूमिका खेल्नुपर्ने बताए।  

घोडा दौडसँगै परम्परागत तारा खेल प्रतियोगितामा प्रदेशका ६ जिल्लाका ३६ जना खेलाडीले प्रतिस्पर्धा गर्ने छन्। मुस्ताङ, म्याग्दी, कास्की, पर्वत, बाग्लुङ र मनाङ जिल्लाका खेलाडीहरुले प्रतिस्पर्धा गर्ने संयोजक शेचरनले बताए। तारा खेलमा विजेता टिमले नगद ५०, ३० र २० हजार रुपैयाँ र व्यक्तिगत तर्फ सर्वोत्कृष्ठ धनुधरलाई नगद ५ हजार, बेष्ट खोल हान्ने(बिशिष्ट धनुधर)लाई नगद ३ हजार प्रदान गरिने छ।

प्रकाशित: ८ वैशाख २०७९ १४:२१ बिहीबार