समाज

आफैलाई गोली हानेर गम्भीर घाइते भएकी सैनिकको मृत्यु

आफैले बाकेको हतियारले आफैलाई गोली हान्दा गम्भीर घाइते भएकी कपिलवस्तु शमशेरदल गणमा कार्यरत महिला (सैनिक जवान) सिपाहीको मृत्यु भएको छ।

बुधबार साझ डियुटीमा खटिएकै बखत आफैले बोकेको हतियारले २४ वर्षीया सिपाही कोपिला राजवंशीले हिजो साझ ६ः५ बजे आफ्नो पेटमा २ राउण्ड गाली हानेको प्रहरी नायब उपरीक्षक जसि शाहले बताए।

गम्भीर घाइते भएकी उनलाई उपचारका लागि तत्कालै लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो। त्यहाँ उनको उपचार सम्भव नभएपछि भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा थप उपचारकालागि लगिएको थियो। सिपाही राजवंशीको आज बिहान ३ बजे निधन भएको हो।

‘आज बिहान साढे ६ बजेतिर हामीलाई खबर आयो निधनबारे खबर आयो’ प्रहरी नायब उपरीक्षक शाहले भने। उपचारका लागि राति नै काठमाडौँ लैजाने तयारी गरिए पनि हेलिकप्टर नआएकाले भैरहवामै उपचार गरिएको थियो। घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक शाहले बताए।

प्रकाशित: ८ वैशाख २०७९ ०५:५७ बिहीबार

कपिलवस्तु सिपाही कोपिला राजवंशी