समाज

पहाडी भू–भागमा आज चट्याङ्सहित वर्षाको सम्भावना

पहाडी भू–भागका केही क्षेत्रमा आज पनि वर्षाको सम्भावना रहेको छ। आज दिउँसो देशको पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित क्षणिक वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज राति पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू–भागमा आंशिकदेखि मौसम सामान्यतया सफा रहनेछ। प्रदेश–१, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ।

प्रकाशित: ८ वैशाख २०७९ ०१:२४ बिहीबार

जल तथा मौसम विज्ञान विभाग