समाज

रोल्पामा लागुऔषध अफिम नष्ट

तस्बिरः अफिम नष्ट गर्दै प्रहरी।

करिब ९ कठ्ठामा लगाइएको अफिम नष्ट गरेको रोल्पा प्रहरीले सोमबार २ सय १० रोपनी जग्गामा गरिएको अवैध अफिम खेती नष्ट गरेको छ। थवाङ गाउँपालिका ४ मालागिरी, जुत्तर, नयागाँउ र गुराँसे लगायतका बिभिन्न स्थानहरुमा लागु औषध अफिम खेती गरेको गोप्य सूचनाको आधारमा प्रहरी गाउँ पुगेको थियो।  

बिशेष गोप्य सूचनाको आधारमा ई.प्र.का. सुलिचौरबाट खटिएको प्रहरी टोलीले अफिम खेती नष्ट गरेको रोल्पा प्रहरी प्रमुख डिएसपि बिनोद घिमिरेले बताए। उनका अनुसार अफिम खेतीका बारेमा थप अनुसन्धान भइरहेको छ। रोल्पाका गाउँहरुमा जंगलको बीचमा अफिम खेती हुने गरेको छ।

गत वर्ष पनि प्रहरीले रोल्पाका गाउँहरुमा ठूलो परिमाणमा लागुऔषध अफिम नष्ट गरेको थियो।

प्रकाशित: ६ वैशाख २०७९ १४:५८ मंगलबार