समाज

धारिलो हरियार देखाएर लुटपाट

दैलेखमा धारिलो हतियार देखाएर लुटपाट गरिएको छ। महावु गाउँपालिका –२ वडाखोलामा ६/७ जना समूहमा रहेका यूवाहरुले लुटपात गरेको हुन्।

उनीहरुले सुर्खेत घर भइ महावु जाँदै गरेका २३ वर्षका सुशिल सिहलाई धारिलो हतियार देखाएर लुटेका हुन्। सिहको साथमा रहेको ४ लाख ६५ हजार रुपैयाँ र एटिएम, मोवाइल लुटेराहरुले लुटेको पीडितले जानकारी दिएको दैलेख प्रहरी प्रवक्ता ईन्द्रजित सुनारले बताए।

सिंह दैलेख बजारबाट महावु गाउँपालिका जाँदै गर्दा बाटोमा लुटेकाहरु बसेका थिए। मोटरसाईकल लुटेराहरुले नलगेर त्यही छाडेको प्रहरीले जनाएको छ। प्रहरीले लुटेराहरुको खोजी कार्यका लागि प्रहरी परिचालन गरेको जनाएको छ।

प्रकाशित: ५ वैशाख २०७९ ०८:४० सोमबार

लुटपाट वीरेन्द्रनगर