समाज

वडासदस्य सत्यालकाे निधन

काठमाडौँ महानगरपालिका वडा नं ३० का वडा सदस्य निरजराज सत्यालको निधन भएको छ।

विसं २०७४ को स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिका वडा नं ३० को वडा सदस्यमा निर्वाचित सत्यालको आइतबार राति ९ बजे निधन भएको हो। उनी लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए। उनले भक्तपुर क्यान्सर अस्पतालमा उपचार गराउँदै आएका थिए।

नेपाली कांग्रेसको प्रमुख भातृ संस्था नेपाल विद्यार्थी सङ्घबाट आफ्नो राजनीति अगाडि बढाएका सत्याल त्रिचन्द्र क्याम्पसको पूर्वस्ववियु पदाधिकारी समेत भएका थिए। उनी काठमाडौँ क्षेत्र नं ४ को पूर्वक्षेत्रीय सदस्यसमेत थिए। उनको गए राति नै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ। रासस

प्रकाशित: ५ वैशाख २०७९ ०२:४० सोमबार

काठमाडौं महानगरपालिका