रोल्पा प्रहरीले ठूलो परिमाणमा लागुऔषध अफिम नष्ट गरेको छ। परिवर्तन गाउँपालिका वडा नं. ४ सिजाखोला स्थित जंगलको बीच भागमा करिब आठ/नौ कठ्ठा क्षेत्रफलमा खेती गरिएको लागुऔषध अफिम नष्ट गरिएको प्रहरीले बताएको छ।
बिशेष सूचनाको आधारमा ई.प्र.का. पाछावाङबाट खटिएको प्रहरी टोलीले अफिम खेती नष्ट गरेको हो। प्रहरीका अनुसार अफिम खेतीका बारेमा थप अनुसन्धान भइरहेको छ। रोल्पाका गाउँहरुमा जंगलको बीचमा अफिम खेती हुने गरेको छ।
गत वर्ष पनि प्रहरीले रोल्पाका गाउँहरुमा ठूलो परिमाणमा लागुऔषध अफिम नष्ट गरेको थियो।
प्रकाशित: २ वैशाख २०७९ ०९:४१ शुक्रबार