समाज

समाजसेवी कँडेल सम्मानित

नेपाल सरकारबाट सशस्त्र प्रहरी बल,नेपाल महिला संघकी अध्यक्ष एवं समाजसेवी श्रीमती सरिता कँडेललाई छैंठौं संविधान दिवसको अवसरमा प्रवल जनसेवाश्री पदकले सम्मन गरिएको छ।

सामाजिक सेवा सेवा मार्फत समाज रुपान्तरण र समाजिक पुँजी निर्माणको कार्यमा लामो समयदेखि सक्रिय रुपमा भूमिका निर्वाह गर्दै आएकी कँडेललाई सो सम्मान गरिएको हो।

सशस्त्र प्रहरी बल, नेपालको महिला संघमा आबद्ध भएपछि परम्परागत सोचबाट माथि उठी संघलाई रुपान्तरण गर्ने, महिलाहरुको पक्षमा कार्य गर्ने, राष्ट्रसेवक कर्मचारीहरुका परिवार लगायतलाई हौसला अभिवृद्धि गर्ने कार्यको सुरुवात पश्चात समाज सेवाको कार्यले मूर्त रुप लिएको थियो।

समाजिक जनचेतनामूलक कार्यहरु, धर्म संस्कृति र रितिरिवाजको जगेर्ना, प्राकृतिक विपत्ती तथा प्रकोपहरुमा मानवीय सहायता, रक्तदान, नेपाल एपिएफ अस्पतालको स्तरोन्नतिको लागि विपन्न महिलाहरुमा हुने क्यान्सर जस्तो भयानक रोगको स्क्रिनिङ र उपचारका लागि गाईनोकोलोजी क्लिनिकको स्थापना मार्फत उपचारको सुरुवातमा पनि कँडेलकै नेतृत्वमा भएको थियो।

प्रकाशित: २ वैशाख २०७९ ०४:०४ शुक्रबार