समाज

राहदानीमा ठग्न खोज्ने दुई युवा पक्राउ

उदयपुर प्रहरीले नेपाली राहदानी (पासपोर्ट)मा ठगी गर्ने दुई युवालाई शुत्रबार साँझ नियन्त्रणमा लिएको छ। 

केही दिनअघि त्रियुगा नगरपालिका ६ मोहनपुरका केही स्थानीयको राहदानी मागेर कम्प्युटरको सप्टवेयरमा प्रविष्ठ (इन्ट्री) गर्दै रकम दिननेहरूलाई पक्राउ गरिएको हो।

पक्राउ पर्नेमा सोही ठाउँका अन्दाजी ३० वर्षीय जीवनकुमार गुरागाई र त्रियुगा १० बोक्से करमगाछीका २४ वर्षीय मनोज राई रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। उनीहरुमाथि स्थानीयको पासपोर्ट मागेर कम्प्युटरमा लगी त्यहाँको नं. चिप्स सफ्टवेयरमा प्रविष्ठ गर्ने र प्रतिव्यक्ति १ हजार ५ सयदेखि १ हजार ७ सयसम्म दिने गरेको आरोप छ।  

उनीहरूले यस्तो कार्य गरेको कुरा प्रहरीमा जानकारी आएको आधारमा खटेको टोलीले दुवैलाई नियन्त्रण लिएर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त सूचनाअ अधिकारी लालबहादु्र श्रेष्ठले बताए। उनीहरुमाथि थप अनुसन्धान भईरहेको र यकिन विषय खुलिनसकेको प्रहरीले जनाएको छ।

प्रकाशित: २ वैशाख २०७९ ०२:०० शुक्रबार

पक्राउ