समाज

अग्निपीडितलाई महिला समाजको सहयोग

केही हप्ता पहिले सर्लाहीमा दलित बस्तीमा भएको आगलागी पीडित परिवारलाई सहयोग हस्तान्तरण गरिएको छ।

सर्लाहीको धनकौल गाउँपालिका ५ हरकठवाका अग्नि पीडित दलित परिवारलाई नेपाल भारत मैत्री महिला समाज काठमाडौँले सहयोग हस्तान्तरण गरेको हो। समाजकी अध्यक्ष माननीय साँसद चन्दाकुमारी चौधरीको व्यवस्थापनमा संयोजक उमेशकुमार यादवले अग्नि पीडितको घरमै पुगेर सहयोग हस्तान्तरण गरेका हुन्।

पीडित परिवारलाई टेन्ट, त्रिपाल र पटिया गरी दश थान उपलब्ध गराइएको संयोजक यादवले जानकारी गराएका छन्। नेपाल भारत महिला मैत्री समाजले उपलब्ध गराएको सामग्रीले अग्नि पीडित परिवारलाई केही सहुलियत हुने विश्वास आफूहरुले लिएको यादवको भनाइ छ।

प्रकाशित: ३० चैत्र २०७८ १३:१७ बुधबार

सर्लाही अग्निपीडित