समाज

आज बिहान देशभर बदली, दिउँसो यी प्रदेशमा वर्षाको सम्भावना

जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ। बिहान मुलुकका अधिकांश भू-भागमा आंशिक बदली रहेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीमा आंशिकदेखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। प्रदेश १, बागमती र गण्डकीका पहाडी भू-भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति प्रदेश १ को पहाडी भूभागको एकरदुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। बिहीबार पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ।

प्रकाशित: ३० चैत्र २०७८ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App