समाज

चुनावमा सेना परिचालन हुने

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न स्वीकृति दिएकी छिन्।

संविधानको धारा ६६ को उपधारा (२) अनुसार राष्ट्रपति भण्डारीले निर्वाचन सुरक्षाका लागि सेना परिचालन गर्न अनुमति दिएकी हुन्। स्थानीय तह निर्वाचन एकीकृत सुरक्षा योजना, २०७८ अनुसार निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न र सुरक्षा निकायलाई एकीकृत तथा समन्वयात्मक रूपमा परिचालन गर्न सेना परिचालन गर्न लागिएको हो। राष्ट्रिय सुरक्षा परिषद्को चैत १७ को सिफारिस, मन्त्रिपरिषद्को चैत २४ को निर्णय र प्रधानमन्त्रीले चैत २४ मा गरेको सिफारिस अनुसार राष्ट्रपतिले सेना परिचालन गर्न स्वीकृति दिएकी हुन्।

प्रकाशित: ३० चैत्र २०७८ ००:११ बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारी स्थानीय तहको निर्वाचन सेना परिचालन