समाज

गहुँ खेतमा युवकको शव भेटियो, हत्याको आशंका

धनुषामा गहुँ खेतमा एक युवक शव फेला परेको छ। हँसुर नगरपालिका–७ नौवाखोरस्थित बुधवार विहान ११ बजे स्थानीय राजकिशोर मंण्डलको गहुँ खेतमा सोही टोलका १८ वर्षीय मनोज महराको शव फेला परेको सुगानिकास प्रहरी चौकी सइ जर्गनाथ यादवले जनाए।

प्रहरीका अनुसार मृतक महराको टाउकोमा प्वाल परेको र पिठ्युँमा नीलडाम परेको छ। कसैले हत्या गरेर फालेको आशंका छ। घटनाको अनुसन्धान भैइरहेको छ अनुसन्धानपछि मात्रै सत्यतथ्य पत्ता लाग्ने प्रहरीले बताए। मृतक महराको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको छ।

प्रहरीले अनुुसन्धानको क्रममा एक जनालाई नियन्त्रणमा लिएको छ। मृतक महरा केही दिनअघि मात्रै भारतको मदरासबाट आएका थिए। एक स्थानीयका अनुसार गाउँमा उनको निजी सम्पति केहि छैन। गाउँकै सर्वजानिक जग्गामा घर बनाइ सपरिवार बस्दै आएका थिए।

प्रकाशित: २३ चैत्र २०७८ ११:३४ बुधबार