समाज

नगरकोट गैरीगाँउबाट १३ जुवाडे पक्राउ

भक्तपुरको चागुँनारायण नगरपालिका वडा नं. ६ नगरकोट गैरीगाँउबाट बुधबार प्रहरीले जुवा खेलिरहेका १३ जनालाई पक्राउ गरेको छ।

स्थानीय वर्ष ३७ को मनबहादुर तामाङले आफ्नै तीनतल्ले घरमा संचालन गरेको न्यू गन्तव्य रेष्टुरेन्ट एण्ड होटलमा जुवा (कौडा) खेलिरहेका उनीहरुलाई पक्राउ गरेको हो। महानगरीय प्रहरी परिसर भक्तपुरले सूचना प्राप्त हुनासाथ गई राति दुई बजे उनीहरुलाई पक्राउ गरेको जनाएको छ।

परिसर भक्तपुरबाट प्रहरी अधिकृतको कमाण्डमा खटिएको टोलीले कौडा खेल्ने उनीहरूलाई नगद आठ लाख २२ हजार ६० रुपैयाँं र १६ थान कौडासहित नियन्त्रणमा लिएको परिसरका सूचना अधिकृत राजु पाण्डेले जनाकारी दिए। उनीहरुमाथि थप अनुसन्धान कार्य भइरहेको जनाइएको छ।

प्रकाशित: २३ चैत्र २०७८ ०६:४१ बुधबार

भक्तपुरको चागुँनारायण नगरपालिका जुवाडे पक्राउ नगरकोट गैरीगाँउ