समाज

सातौं तहका २१ जनाको पद सेटिङ नमिल्दा रोकियो

सातौं तहका विभिन्न पदमा कर्मचारी आह्वान सम्वन्धी सूचना प्रकाशन भएको ३ महिना पुग्दा समेत छोटो सूची (सट लिष्ट) प्रकाशन गर्न सकेको छैन। मन्त्रालयले विज्ञ समूहबाट बनाएको परीक्षा समिति मार्फत सट लिष्ट मन्त्रीको दवावमा १ महिनादेखि प्रकाशन हुन नसकेको हो।

कर्णाली प्रदेशस्थित भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले पहिलो पटक २०७८ पुष १९ गते विभिन्न पदका लागि १५ दिने सूचना निकालेको थियो। ९ वटा विज्ञापनमा २१ जना सातौं तहका अधिकृत तथा विज्ञका लागि सूचना प्रकाशित गरेको हो। जसमा माघ महिलो हप्ताभित्र ९ सय १८ जनाले उम्मेदवारी दिए। ३ महिनापुग्दा समेत सट लिष्ट तयार बनाई प्रकाशित हुन नसकेपछि परीक्षार्थीहरुले आंशका ब्यक्त गरेका छन्। परीक्षार्थीहरुले सेटिङ नमिलेका कारण सट लिष्ट प्रकाशन हुन नसकेको आंशका ब्यक्त गरेका छन्। मन्त्रालय श्रोतका अनुसार सट लिष्ट तयारी भएपछि मन्त्रीको सचिवालयबाटै रोकिएको छ। परीक्षाको प्रकाशन ढिलाईले परीक्षार्थीहरुमा अलमल देखिएको छ।  

मन्त्रालय श्रोतका अनुसार सट लिष्ट प्रकाशन गर्दा बनाईएको मापदण्ड अनुसार योग्यतामा ३५, समावेशीमा ५, अनुभवमा ५, अपाङ्गमा ५, कर्णालीबासीमा २० नम्वरसम्म दिएर सर्ट लिष्ट प्रकाशन गर्नुपर्ने उल्लेख छ। तर, ३ महिनासम्म पनि चालचुल नगर्नुले परीक्षाप्रति आंशका बढाएको परीक्षार्थीहरु बताउँछन्। सट लिष्टपछि अन्तरवार्तामा बढीमा ३० नम्वर दिने ब्यवस्था छ।

२०७८ पुषको १९ गते कृषि अर्थ विज्ञ, कृषि प्रसार अधिकृत, वाली विकास अधिकृत, वागवानी विकास अधिकृत, वाली संरक्षण,  माटो विज्ञ, पशु विकास अधिकृत, पशु चिकित्सक, कम्प्यूटर अधिकृत गरी सातौं तहका २१ जनाको लागि विज्ञापन गरीएको थियो। परीक्षा समितिले सवै तयारी गरेपछि मन्त्रालयका मन्त्रीले तत्काल प्रकाशन नगर्न भनेपछि रोकिएको नाम नछाप्ने शर्तमा श्रोतले भन्यो। प्रकाशन हुन लागेको सट लिष्टमा मन्त्रीका मान्छेहरु नपरेका कारण तत्काललाई रोक्न निर्देशन आएको श्रोतको भनाई छ। विज्ञापन प्रकाशितपछि आवश्यक कागजपत्र मन्त्रालयमा बुझाएको भएपछि यतिका महिनासम्म सट लिष्ट निकाल्ने कुनै चाल नै नदेखिनुले मन्त्रालयभित्र चलखेलको आभास प्रष्ट भईरहेको परीक्षार्थी स्वीकार केसीले बताए।

सट लिष्टको तयारी पहिल्यै नै गरीसकेको भएपछि विभिन्न कारणले प्रकाशन गर्न नसकिएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर किसन लाल भट्टले बताए। ‘विज्ञापनमा उल्लेखित पदका लागि तलवभत्ता कहाँबाट खुवाउने त्यो प्रकृयामा छ,’ सचिव भट्टले भने, सट लिष्टका लागि तयार पारेको डकुमेन्ट तलमाथि हुँदैन। परीक्षा समितिमा रहेका पदाधिकारी कहिले कता कहिले कता हुँदा प्रकाशनमा ढिलाई भएको हो।’

प्रकाशित: २१ चैत्र २०७८ ०८:४६ सोमबार