समाज

दुर्गममा खोज पत्रकारिता तालिम

जनप्रतिनिधि तथा लाभका पदमा बसेकाहरुलाई बिभिन्न बहानामा पत्रकार र पत्रकारिताबाट भाग्न चाहान्छन् भन्ने कुरालाई चिर्दै मुसिकोट नगरपालिकाले पत्रकार महासंघसंगको सहकार्यमा खोज पत्रकारिता तालिम सुरु गरेको छ।

क्रियाशील पत्रकारहरुको क्षमता विकास गर्ने उद्देश्यका साथ रुकुममा खोज पत्रकारिता तालिम संचालन गरिएको हो। रूकुम पश्चिमको सदरमुकाममा नेपाल पत्रकार महासंघ रुकुम पश्चिम शाखाको आयोजना र मुसीकोट नगरपालिकाको आर्थिक सहयोगमा दुई दिने खोज पत्रकारिता तालिम सुरू भएको छ। शुक्रबार र शनिबार संचालन हुने तालिममा जिल्लाका २८ क्रियाशील पत्रकारहरुको सहभागिता रहेको छ।

जिल्लामा तेस्रो आँखाका रुपमा रहेका पत्रकारहरुलाई क्षमता विकास गराई सुशासन कायम गर्नका लागि सक्षम बनाउनु तालिमको उद्देश्य रहेको आयोजकले बताएको छ। ुवाचडगुका रुपमा रहेका पत्रकारहरुलाई पहिलोपटक गतिलो तालिममा सहभागी गराउन पाउँदा खुसी लागेको पत्रकार महासंघ रुकुमका अध्यक्ष लक्ष्मण केसीले बताए।  

तालिमको सहजीकरण खोज पत्रकारिता केन्द्रका वरिष्ठ पत्रकार बावुराम विश्वकर्माले गरिरहेका छन्। पत्रकार महासंघका अध्यक्ष केसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मुसीकोट नगरपालिका प्रमुख देविलाल गौतमले समाज परिवर्तनको पहिलो अंग पत्रकारिता रहेको बताए। देशको कुना कन्दरामा भएका राम्रा नराम्रा कामको जानकारी पत्रकारिताको माध्यमबाट नागरिकसम्म पुर्‍याउन पत्रकारलाई अनुरोध गरे।

प्रकाशित: १८ चैत्र २०७८ ११:३७ शुक्रबार