समाज

राप्तीमा साहसिक जलयात्रा उद्घाटन

बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ कुसुम बैरियादेखि अगैयासम्म राप्ती नदीमा शुक्रबारदेखि जल साहसिक जल यात्रा (र्‍याफ्टिङ) सञ्चालनमा आएको छ।

राप्ती सोनारी गाउँपालिकासँगको सहकार्यमा पर्यटन डिभिजन कार्यालय बाँकेले याफ्टिङ सञ्चालनमा ल्याएको हो। साहसिक जलयात्राको लुम्बिनी प्रदेशका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले उद्घाटन गरे।

उद्घाटनसँगै मन्त्री चौधरी, राप्ती सोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, उपाध्यक्ष धनीकुमारी खत्री, पर्यटन डिभिजन कार्यालय बाँकेका प्रमुख माधव ज्ञवाली, प्रदेश योजना आयोगका सदस्य डा.दामोदर भुसाल, पर्यटनकर्र्मी गेहेन्द्रकुमार खड्का लगायतले साहसिक जलयात्रा गरेका छन्।

साहसिक जलयात्राको दुरी कुसुम बैरियादेखि अगैयासम्म करीब २७ किलोमिटर रहेको छ। पर्यटन प्रवर्द्धन गर्ने, रोजगारीको अवसर सिर्जना गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धन गर्न साहसिक जलयात्रा सुरु गरिएको मन्त्री चौधरीले बताए।

प्रकाशित: १८ चैत्र २०७८ ०५:२१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App