समाज

पहाडी भू-भागमा आज चट्याङसहित वर्षाको सम्भावना

देशमा हाल भारतको विहार आसपास रहेको न्युन चापीय प्राणलीको सामान्य प्रभाव र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

जसले गर्दा हाल प्रदेश १, माधेश प्रदेशका साथै बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको छ। अन्य प्रदेशमा भने मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएकोछ। आज दिउँसो प्रदेश १ तथा मधेश प्रदेश एवं बागमती र गण्डकी प्रदेशको पहाडी भू(भागमा आंशिकदेखि सामान्य बदली रहने महाशाखाको भनाइ छ।

ती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। अन्यत्र भने मौसम सफा रहनेछ। आज राति प्रदेश १ र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहने तथा अन्यत्र सामान्यतया मौसम सफा रहनेछ।

प्रकाशित: १८ चैत्र २०७८ ०४:११ शुक्रबार

जल तथा मौसम पूर्वानुमान महाशाखा