तीनजना डीआईजीहरुको एआईजीमा बढुवा भएपछि सो विरुद्ध दुई जना डीआईजीहरु सर्वोच्च अदालत पुगेका छन्। डीआईजीहरू घनश्याम अर्याल र प्रकाशजंग कार्की रिट निवेदन बोकेर बिहीबार सर्वोच्च अदालत पुगेका हुन्। सर्वोच्च प्रशासनका अनुसार रिट पेश भएपनि अहिलेसम्म दर्ता भने भएको छैन।
मन्त्रिपरिषद्को बिहीबारको बैठकले धीरजप्रताप सिंह, वसन्त पन्त र रबिन्द्रबहादुर धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
प्रकाशित: १७ चैत्र २०७८ ०९:३३ बिहीबार