समाज

फोहोरकाे थुप्राेमा नवजात शिशुको शव

फोहोरको डंगुरमा भर्खरै जन्मिएको जस्तो देखिने साल नालसहितको नवजात शिशुको शव फेला परेको छ।

मैतिदेवीस्थित धोबोखोला करिडोर सडकखण्डको छेउमा थुपारिएको फोहोरको डंगुरमा भर्खरै जन्मिएको जस्तो देखिने साल नालसहितको नवजात शिशुको शव फेला परेको हाे।

महानगरीय प्रहरी बृत्त, मालीगाऊँबाट खटिएको प्रहरी अनुसन्धान अधिकृतसहितको प्रहरी टोलीद्वारा शवलाई त्रिवि शिक्षण अस्पताल पठाइएको छ।

घटनाको सम्बन्धमा महानगरीय प्रहरी बृत्त, मालीगाऊँबाट थप अनुसन्धान भई रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए।

प्रकाशित: १७ चैत्र २०७८ ०७:५७ बिहीबार