समाज

धुलोका कारण उपत्यकाको मौसम खराब

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित/चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको हुनाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

आकाशको माथिल्लो तहमा लागेको बादल नहट्दा उपत्यका लगायत मूलुकका विभिन्न ठाउँमा मौसम खुलेको छैन। जलतथा मौसम विज्ञान विभागका मौसमविद हिरा भट्टराईले पानी परेमा मौसम चाडै खुल्ने जनाए। ‘आज र भोली पानी पर्ने संभावना छ,’ उनले भने, ‘त्यसो नभए पर्सीबाट क्रमश खुल्ने छ।’

प्रकाशित: १५ चैत्र २०७८ ०७:०८ मंगलबार