समाज

फेरि मृत अवस्थामा भेटियो पाटेबाघ

एक सातामा दुई पाटेबाघ मृत अवस्थामा फेला

फेरि वयस्क भाले पाटेबाघ मृत अवस्थामा शनिबार फेला परेको छ। मधुवन नगरपालिका–६ स्थित कालिका सामुदायिक वन र ग्रामीण महिला सामुदायिक वनको सिमानामा रहेको खोलामा वयस्क पाटेबाघ मृत अवस्थामा फेला परेको हो।

गत सोमबार मधुवन नगरपालिका–२ स्थित जनजागृति सामुदायिक वनमा पाटेबाघ मृत अवस्थामा फेला परेको थियो। यसरी एक सातामा दुई पाटेबाघ मृत अवस्थामा फेला परेका छन्।  

पाटेबाघ मृत अवस्थामा फेला परेको डिभिजन वन कार्यालय बर्दियाका सूचना अधिकारी द्रोणराज शर्माले जानकारी दिए। उनका अनुसार प्रारम्भिक अनुसन्धानबाट मृत अवस्थामा फेला परेका बाघ एक आपसमा जुधेर मरेको बुझिएको छ।

प्रकाशित: १२ चैत्र २०७८ १२:४४ शनिबार