सर्लाहीको ईश्वरपुर नगरपालिकामा जग्गाको बिषयमा दुई पक्षबीच भएको झडमा संघीय सासद प्रमोद साह गम्भीर घाइते भएका छन्।
इशवरपुर नगरपालिका ट स्थित बयलबास बजारमा शनिबार बिहान फूलजोर-त्रिभुवननगर सडकखण्ड विस्तारका क्रममा फूलजोड युवा क्लबको आधा भवन भत्किएको र बाँकी रहेको जग्गामा क्लबकै भवन बनाउने विषयमा बसेको छलफलमा वादबिवाद हुँदै भएको झडपमा परी संघीय सांसद् साह गम्भीर घाईते भएका छन्।
क्लबको घर बनाउने बिषयमा छलफल चलिरहेको बेला सासद साह पुगेपछी बिवाद उग्र बन्दै झडमा परिणत भएको थियो। क्ल्बको जग्गा वरिपरि बसेका स्थानीयबीच भएको झडपको क्रममा फलामको रडले सांसद् साहको टाउको प्रहार गर्दा टाउको गहिरो चोट लागेर फुटेको प्रहरीले जनाएको छ।
संघीय सासद साहको वयलबास स्थित अमृत हेल्थकेयर अस्पतालमा प्राथमिक उपचार भईरहेको प्रहरीले जनाएको छ।
प्रकाशित: १२ चैत्र २०७८ ०५:४६ शनिबार