ठेकेदारले समयमै सडक निर्माण नगरेको भन्दै सुनाकोठीका स्थानीयबासीले अवरुद्ध गरको सडक दोस्रो दिन पनि खुलेको छैन।
सुनाकोठी–चापागाउँको करिब दुई किलोमिटरको बाटो लामोसमय वित्दापनि नबनाएको भन्दै सुनाकोठीका स्थानीय आक्रोशित हुदै सडक अवरोध गरेका हुन्।
ललितपुर महानगरपालिका–२७ का वडाध्यक्ष बाबुराज महर्जनले ठेकेदारले बाटोको कामलाई गंभिरतासंग नलिदा समस्या परको सुनाए।‘बन्द भएपछि बेस हाल्ने काम गर्ने भएका छन्,’ उनले भने, ‘समस्याको समाधानभन्दा पनि झारा टार्ने कामले थप समस्या थपिएको छ।
प्रकाशित: ९ चैत्र २०७८ १०:५३ बुधबार