समाज

१२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा दाइ पक्राउ

बझाङमा १२ वर्षीया बहिनीलाई बलात्कार गरेको आरोपमा १९ वर्षीय दाइ पक्राउ परेका छन्। आफ्नै बहिनी बलात्कार गरेको आरोपमा सहोदर दाइलाई बझाङ प्रहरीले पक्राउ गरेको हो। 

१९ वर्षीय दाजुलाई प्रहरीले नियन्त्रणमा लिएर सोमबार मुद्धा दर्ता गराएको हो। गोपनियताका कारण दाजुबहिनीकै नाम भने प्रहरीले गोप्य राखेको छ। बालिकालाई पाँच रुपैयाँको प्रलोभन देखाएर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालय बझाङले जानकारी दिएको छ।

प्रकाशित: ९ चैत्र २०७८ ०६:३० बुधबार