समाज

आफ्नै खेतमा महिला बलात्कृत

रौतहटमा एक महिलामाथि बलात्कार भएको छ। रौतहटको फतुवाविजयपुर नगरपालिका २ शीतलपुरमाआफ्नै खेतमा एक महिला बलात्कृत भएकी हुन्।  

गत सोमवार साँझको समयमाआफ्नो खेतमा नै शौच गर्न गएकी २२ वर्षीय महिलालाई शीतलपुरकै दुखी पटेलका २१ वर्षीय छोरा रुपलाल पटेलले बलात्कार गरेका हुन्। २ छोराछोरीकीआमालाई जबरजस्ती करणी गर्न थालेपछि महिलाले हार गुहार गर्दै चिच्याएकी थिइन्। महिलाले आफ्नो बचाउमाबलात्कार गर्ने पुरुषको शरीको विभिन्न स्थानमा टोकेर घाइते बनाएकी इलाका प्रहरी कार्यालय लक्ष्मी नियाले जनाएको छ।

महिलामाथि जबरजस्ती करणी गर्ने पटेल फरार भएका छन्। बलात्कार आरोपी पटेलको खोजीकार्य भइरहेको जिल्लाप्रहरी कार्यालय रौतहटका प्रमुख एस पिविनोद घिमिरेले जानकारी गराएका छन्।

प्रकाशित: ९ चैत्र २०७८ ०१:२४ बुधबार

महिलामाथि बलात्कार