समाज

बैंकिङ अपराधका दोषी पक्राउ

बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी टोखा नगरपालिका–१ बस्ने मकवानपुर हेटौंँडा उपमहानगरपालिका–७ का ४२ वर्षीय राजेन्द्र विश्वकर्मालाई हिजाे प्रहरीले पक्राउ गरेको छ।  

उच्च अदालत पाटनको २०७८ फागुन १० को फैसलाले बैंकिङ कसुर मुद्दामा रु २० लाख जरिवाना र पाँच दिन कैद सजाय हुने ठहर भइ उनी फरार हुँदै आएका थिए। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगञ्जबाट खटिएको टोलीले काठमाडौँको टोखाबाट आज उनलाई पक्राउ गरेको हो।  

बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी–जानी जाहेरवालालाई झुक्यानमा पारी चेक काटेर दिएकामा उक्त चेक नसाटिएपछि उनीमाथि वैंकिङ कसुरमा मुद्दा चलेको थियो। उनलाई फैसला कार्यान्वयनका लागि आजै जिल्ला अदालत काठमाडौंँमा पेश गरिएको व्यूरोले जानकारी दिएको छ। रासस

प्रकाशित: ५ चैत्र २०७८ ०१:३१ शनिबार

उच्च अदालत पाटन पक्राउ