समाज

चार महिनादेखि हराएका ७० वर्षीय वृद्ध मृत भेटिए

सात महिनादेखि हराईरहेका गोरखा नगरपालिका १ अजमरेका ७० वर्षीय वृद्ध मृत भेटिएका छन्। गत कात्तिक २३ गतेदेखि हराएका नारायणदत्त न्यौपाने बुधवार मृत भेटिएका हुन्। 

सोही वडाको काम्रेको अजमरे खोल्सामा सडेगलेको अवस्थामा शव भेटिएको हो। शव उनका छोरा नवराज न्यौपानेलाई जिम्मा लाइएको प्रहरीले जनाएको छ। उनी मानसिक रोग थिए। लामो समयदेखि सम्पर्क बिहिन भएका उनको खोजी भईरहेको थियो।

प्रकाशित: २ चैत्र २०७८ १४:०१ बुधबार