समाज

प्रेस चौतारी नेपालको अध्यक्षमा पुनःबस्नेत

प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत सर्वसम्मत निर्वाचित भएका छन्। पोखरामा सम्पन्न नवौं महाधिवेशबाट बस्नेत पुनःअध्यक्षमा निर्वाचित भएका हुन्।

आगामी तीन वर्षे कार्यकाल रहेको सो अधिवेशनबाट उपाध्यक्षमा गणेश पाण्डे, सविन प्रियसन, राजेश राई र महिला उपाध्यक्षमा देविका घर्ती चयन भएका छन्। उक्त कमिटीको महासचिवमा हिरामान लामा र उपमहासचिवमा राजु सुवेदी र शुरोजवजङ्ग पाण्डे छानिएका छन्।

सचिव पदमा प्रदेश नं १ को सचिवमा विक्रम लुईंटेल, मधेस प्रदेशमा कमल उपाध्याय, बागमतीबाट विष्णु तारुके, गण्डकीबाट सुष्मा पौडेल, लुम्बिनीबाट प्रदीप आचार्य, कर्णालीबाट विष्णु शर्मा र सुदूरपश्चिमबाट लोकसरी कुँवर चयन भएका छन्। प्रतिष्ठान सचिवमा हरिबल्लभ नेपाल तथा कोषाध्यक्षमा इन्द्र आचार्य चयन भएका छन्।

अधिवेशनले कूल १५१ सदस्यीय कमिटी गठन गरेको हो। त्यसैगरी १४ सदस्यीय अनुशासन आयोज, १७ सदस्यीय निर्वाचन आयोग र १५ सदस्यीय लेखा आयोग सर्वसम्मत निर्वाचित गरेको निर्वाचन समितिका संयोजक रघु मैनालीले जानकारी दिए।

फागुन २७ र २८ गते दुईदिने अधिवेशनमा एक हजारभन्दा बढी प्रतिनिधि र पर्यवेक्षकको सहभागिता रहेको थियो।

प्रकाशित: २९ फाल्गुन २०७८ १४:४७ आइतबार