समाज

ताप्लेजुङको आगलागी नियन्त्रणमा

क्याप्शन

ताप्लेजुङको फुङलिङ बजारमा आज विहान भएको आगलागीमा परी ६७ वर्षिय चुलिमाया लिम्वूको मृत्यु भएको छ।

आगो निभाउने क्रममा वाडनं ४ का वडा अध्यक्ष जितेन चेम्जोङ लगायतका केही व्यक्ति घाइते भएका छन्। अस्पताल ल्याइपुर्‍याउनुअघिनै महिलाको मृत्यु भइसकेको जिल्ला अस्पतालका डाक्टर सोनिम लामाले जानकारी दिए।  

कोप्चेको गोस लाइनस्थित रविन आङवोहाङको घरवाट सुरु भएको आगलागीवाट रविनको पक्की संगीता केदेमको जस्तापाताले छाएको घरमा क्षति पुगेको छ।

स्थानीय रविनको पक्की घरवाट आगलागी सुरु भएको वताएपनि कारण खुलेको छैन। दमकल, सेना, प्रहरी, सशस्त्र प्रहरी स्थानिको सकृयतामा आगो नियन्त्रणमा आएको छ।

प्रकाशित: २७ फाल्गुन २०७८ ०४:१७ शुक्रबार

आगलागी