समाज

पहाडी क्षेत्रमा चट्याङसहित वर्षाको सम्भावना

देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्युन प्रभाव छ। बिहान सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली छ।

दिउँसो पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन,चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमालीको भूभागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना छ। राति पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ।

प्रकाशित: २७ फाल्गुन २०७८ ०२:४० शुक्रबार

मौसम पूर्वानुमान महाशाखा